टिकटकबाट एकाएक चर्चामा आएकी टिक्टकर गरिमा शर्मा लिड् हिरोइनको रुपमा फिल्म 'जन्ते बाख्रो' मा अनुबन्धित भएकी छिन् lसिमोस सुनुवारको निर्देशनमा तयार हुने फिल्म ‘जन्ते बाख्रो’ मा उनि अनुबन्धित भएकी हुन्। यो फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन्। सौगात र गरिमाको यो पहिलो सहकार्य हो। फिल्ममा आशिफ शाहको पनि मुख्य भूमिका रहनेछ। पौष १ गतेबाट सुटिङ्गमा जनाए तयारीमा फिल्म रहेको छ।