फिल्म ‘रंगी’ छायांकन पुरा भएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मको छायाङकन २६ दीनमा पुरा भएको हो l सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको छ l फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । सुमन गजमेरको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ । फिल्मलाई यसै वर्ष रिलिजको तयारी गरिएको छ ।