निर्देशक दिनेश राउत नयाँ फिल्म ‘महाभोज’ बनाउने तयारीमा छन् । पहिला यो फिल्मको नाम ‘गाउँ नै रमाइलो’ थियो । आगामी माघ १ गतेबाट छायांकन सुरु हुने फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ ।यसअघि फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल र मिरुना मगरलाई अनुबन्धित गरिएको थियो । अब फिल्ममा खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ र कमलमणि नेपाल निश्चित भएका छन् l सामाजिक विषयवस्तुमा बन्न लागेको ‘महाभोज’लाई आगामी जेठमा रिलिज लक्ष्य राखिएको छ । यसअघि निर्देशक राउतको ‘पूजार सार्की’ पनि जेठमा नै रिलिज भएको थियो । उनले जेठ महिनालाई ‘लक्की’ मानेको देखिन्छ ।