फिल्म ‘बम बहादुर’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक  ट्रेलरमा अभिनेता सौगात मल्लको पात्रलाई भिन्न स्वभावमा प्रस्तुत गरिएको छ। फिल्ममा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय छ । जोन राईको निर्देशनमा तयार भएको फिल्म पुष ५ गतेबाट नेपाल र भारतमा एकसाथ रिलिज हुनेछ ।