फिल्म ‘कार्साङ’ को टिजर सार्वजनिक गरिएको छ।टिजरमा दया झाँक्रीको भूमिकामा देखिएका छन्।दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल र दिया मास्केको वरिपरि घुमेको टिजर निकै बलियो देखिएको छ। शेर्पा समुदायको कथा उठाएको फिल्मलाई यम शेर्पाले निर्देशन गरेका छन्। फिल्ममा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा लगायतको अभिनय रहेको छ।पुष २६ मा फिल्म रिलिज हुदै छ ।