फिल्म `नमेटिने घाउ´ को विवाद चर्किँदै गएको छ ।  रिलिजको समयमानै राज्नितिज्ञहरु खेलेको भनेर चर्को विवादको सामना गरेको फिल्म अहिले पुनः अर्को विवादमा मुछिएको छ । सरकारले प्राइभेट कम्पनीलाई व्यवसाय गर्नलाई पैसा दिएको भन्दै फिल्मको चर्को विवाद भएको हो । केही समय अघि  गण्डकी छड्के पत्रकार अपिल त्रिपाटीले फिल्मको चिरो-फारो गर्दै एक रिपोर्ट तयार गरेका थिय । उनले रमित ढुङ्गाना प्राइभेट कम्पनीलाई व्यवसाय गर्न सरकारले किन पैसा दियो भन्दै प्रश्न गरेका छन् । पोखरा महानगरपालिकाले जनताले दुख गरेर तिरेको करको पैसा प्राइभेट कम्पनीलाई व्यवसाय गर्न दिनु कहाँ सम्मको  लापरबाही हो ।  अभिनेता रमित ढुङ्गानाले पनि आफ्नो स्टारडमको ख्याल नगरी सरकारले दिएको पैसालाई आफ्नो व्यवसायको लागी लिनु कतिको उचित हो ? एसिड पीडित मुस्कान खातुनको बायोग्राफी बनाउँछु भन्दै उनले पोखरा महानगरपालिका मात्र नभएर अन्य महानगरपालिकाबाट पनि पैसा लिएको खबर बाहिरिएको छ  । भक्तपुर सुर्यविनायक नगरपालिका बाट पनि मेयर वासुदेव थापाले  ढुङ्गानालाई दश लाख रुपैयाँ दिएको खबर बुझिएको छ ।फिल्म `नमेटिने घाउ´को  लागि भनेर मात्र ५ करोड माथि रकम् रमितको पकेटमा परेको छ । यदि अभिनेता ढुङ्गानालाई सरकारले पैसा दिएको हो र त्यही पैसा बाट फिल्म बनाइएको हो भने उक्त फिल्म हेर्न जनताले हलमा किन रकम तिर्नुपर्ने ।  लगभग फिल्ममा १ करोड माथिको खर्च भएको बताइएको छ । तर फिल्मकै निकटका व्यक्ति अनुसार भने आफू माथि अन्याय र त्यति खर्च नभएको बताएका छन् । फिल्ममै काम गरेका व्यक्तिहरूले पनि फिल्ममा १ करोड खर्च भएको खबर अफवाह भएको बताएका छन् ।   अभिनेता ढुङ्गानाकै नजिकको एक श्रोतको अनुसार फिल्ममा काम गर्ने कलाकारहरूलाई  १०१ मा एग्रीमेन्ट गरेर जबरजस्ती फिल्म खेल्न लगाएको बताइएको छ । फिल्म खेलाउनु अगाडी एउटा कुरा गरेर शूटमा पुगेपछि अर्कै ब्यहोरा देखाइएपछि कति कलाकार बिचैमा शूट छोडेर काठमान्डौ फर्किएको पनि बुझिएको छ । यसो त सरकार सँग पैसा  लिने अर्को तिर फिल्ममा काम गर्ने कलाकार देखी टेक्निसिएन टिमहरूलाई  निच् व्यवहार देखाउने रमित ढुङ्गाना प्रोडक्सनलाई के भन्ने ? यती मात्र हैन सरकारको पैसा छोडेर अझ कतिलाई फिल्ममा लगानी गर्न लगाएर निर्माता पनि बनाइएको छ । ढुङ्गानाले डिजिटल राइट्स पनि बेचेका छन् । ढुङ्गाना ज्यु कति पैसा भए पुग्छ । तपाइले कमाएको पैसामा हामी प्रश्न गर्दैनौ । तर जनताले कर तिरेको पैसामा रजाइँ गर्ने अधिकार पनि तपाइलाई कसैले दिएको छैन ।  सरकारले दिएको पैसा र समाज परिवर्तनको लागि बनाइएको कथा बिना शुल्क हेर्न पाउनु पर्ने हैन र ? एक अबोध बालिकाको कथा बेचेर हामी जनताको करको पैसामा रजाइँ गर्ने कलाकारलाई  हामीले किन देशको गहना मान्ने ? यस अघि पनि उनले `बुद्ध बर्न इन नेपाल´ भन्ने फिल्म बनाएका थिए । समाज परिवर्तन गर्ने कथा बनाएर सरकार देखी जनता सम्मलाई धोका दिन्न सक्ने अभिनेता ढुङ्गानाको चतुर्‍याइँलाई मान्नै पर्छ । सो समयमा पनि उनले थुप्रै कलाकारहरू र टेक्निसिएनलाई सित्तैमा काम गराएका थिए । यसो त उनले  `बुद्ध बर्न इन नेपाल´ देखाएबापत सरकारलाई कर पनि तिर्न नपर्ने कागजी सम्झौता पनि गरिएको छ । रमित ढुङ्गानाले चाहिँ किन कर तिर्न नपर्ने । उनी कलाकार मात्र नभएर यो देशका नागरिक पनि हुन् ।यती बेला अमेरिकामा पनि एसिड पीडितको कथा बेचिरहेका  ढुङ्गाना अब अर्को फिल्मको तयारीमा पनि छन् । बुझिए अनुसार उनी अब `पृथ्वीनारायण शाह´ को बायोपिक बनाएर देश एकीकरणका भगवान्लाई नै बेच्दै छन् ।  चाप्लुसी गर्न माहिर अभिनेता ढुङ्गाना समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल : पुन प्रधानमन्त्री हुने बाटो कुर्दै छन् । माधव कुमार नेपाल प्रधानमन्त्री हुने बित्तिकै उनी पृथ्वीनारायण शाहको बायोपिकको लागि बजेटको लागी अघि सर्ने छन् ।  स्टारडमको दुरुपयोग गर्दै जनताको  पैसामा रजाइँ गर्न रमित ढुङ्गानालाई चाहिँ किन छुट् ?