चौथो 'लालाबाला अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सव'मा रिलायन्स स्कुलले आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छ l लोक कथामा आधारित रहेर बनेको नाटक 'बुद्ध र भिखारी' देखाइएको थियो l ललितपुर सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बाल नाट्य कलाकारहरूलाई सहभागिता जनाउँदै उक्त महोत्सव आयोजना गरेको थियो l महोत्सवमा रिलायन्सका बिध्यार्थीहरुको अभिनय देखेर सबैले प्रशंसा गरेका थिय l नाटक को रूपान्तरण तथा निर्देशन विजय सापकोटाले गरेका थिय l साथै निर्देशक सापकोटाको निर्देशनलाई पनि नेपाली दर्शक र विदेशी दर्शकले अत्याधीक रुचाएका थिय l नाटकमा कलाकारहरू युनिस कार्की, शुभम् लम्साल, आयुष तामाङ, सबल थापा, अभिषेक नराल, जेम्स जिसी, सुचार्थ सिंह, दिकीला शेर्पा, नबिना बस्नेत, अभिशा भुर्तेल , अञ्चल न्यौपाने, रोशन बुढा, विपश्वि श्रेष्ठ, अनुष्का निरौला, रिजमा श्री केसी , आर्यना आर्य, प्रतुशा सिलवाल रहेका थिए । नाटकको सामग्री रीलायन्सका शिक्षक नविना थापाले बनाउनु भएको थियो जुनमा कछुवाको सामग्री र खोलाको दृश्य सामग्रीले दर्शकलाई लोभ्याएको थियो lअभिनयका हिसाबले सबै बालबालिकाले राम्रो अभिनय गर्नु भएको थियो र ब्याकस्टेजको भूमिका पनि सबैले राम्रो सँग निभाउनु भएको थियो। केही कुरा त्याग गरेर ठुलो फल पाएको नाटकको सन्देश थियो । रीलायन्स पब्लिक स्कुलले बालबालिकालाई नाटकको लागि गरेको यो प्रोत्साहनले नेपाली रङ्गमञ्चलाई  खुसी बनाएको छ र एउटा राम्रो योगदान दिएको छ । उक्त नाटकको कथामा बुद्धसँग भेट हुनु अगाडी एउटा सुन्दर न्रित्य थियो जसले दर्शकको ध्यान खिचेको थियो जुन न्रित्यलाई यम बस्नेत द्वारा तयार गरिएको थियो । नाटक छोटो र एकदम रमाइलो बनेको थियो  महोत्सव मा सहभागी जनाएको यस नाटकलाई हेर्ने हो भने नेपालबाट एउटा राम्रो प्रतिस्पर्धा देखिएको थियो l