फिल्म ‘पीआर’ निर्माण हुने भएको छ। शोभित बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मको सम्पूर्ण छायाङकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिनेछ ।आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेका छन्। फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता रहेका छन् । फिल्मको फस्टलुक पनि सार्वजनिक गरिएको छ। फिल्मको हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ ।