सेभेन सिज को कुनै पनि फिल्म हलमा प्रदर्शन नगर्ने हलसन्चालकहरुले दावि गरेका छन्  । गत बिहीबारबाट प्रदर्शनमा आएको भारतीय फिल्म ‘पुष्पा-२’का कारण ‘पूर्णबहादुरको सारङ्गी’ शो कटौती गरेको भन्दै यो फिल्मका निर्माताले हलबाट फिल्म उतार्ने घोषणा गरेसँगै वितरक तथा हल संचालकको टकराव बढेको हो।आइतबार वितरण कम्पनी टी-फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले प्रदर्शनलाई नियमित गर्न भन्दै हललाई इमेल नै लेखे। ‘कृपया, योजनाअनुसार नै पूर्णबहादुरको सारङ्गीको प्रदर्शनलाई अघि बढाउनुहोला’, हललाई वितरकले लेखेको इमेलमा उल्लेख थियो, ‘फिल्मलाई उतार्ने लगायतका कुरालाई बेवास्ता गर्नुहोला ।’ निर्मातासँगको सहमतिअनुसार वितरकलाई फिल्मको प्रदर्शन जारी राख्ने अधिकार थियो।  तर, फिल्मका निर्माताले प्रदर्शनलाई निरन्तरता दिने भन्दै विज्ञप्ति निकालेको एक घण्टा पनि नबित्दै फिल्म वितरक तथा हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघले एक विज्ञप्ति जारी गर्दै सेभेन सिज सिनेमाले निर्माण गरेको कुनै पनि फिल्म प्रर्दशन नगर्ने निर्णय गरेको छ ।