कात्तिक १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’ विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । अस्ट्रेलिया र जापानमा रिलिज भएसँगै अब अस्ट्रेलियाको मेलवर्न र अन्य देशहरूमा पनि फाटेको जुत्ता रिलिन हुने निर्माण पक्षले जनाएको छ ।

 

चलचित्र मेलवर्नमा नोभेम्बर १३ ,पोल्याण्डमा नोभेम्बर १९, हङकङमा  नोभेम्बर २६ , जर्मनमा नोभेम्बर १७ , युएसएको वोस्टन र टेक्सासमा डिसेम्बर १० जापान, पोर्चुगल, दुबई र इजरायलमा डिसेम्बर १५, क्यानडामा डिसेम्बर १८, युकेमा डिसेम्बर २३ तारिखमा सो हुने भएको छ ।

 

अस्ट्रेलिया र जापानमा भव्यसाथ सो सम्पन्न भएको निर्माता अर्जुन कुमारले जानकारी दिए । निकेश खड्काको निर्देशन रहेको चलचित्र फाटेको जुत्तालाई अर्जुन कुमारले निर्माण गरेका हुन् चलचित्रमा ौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया र रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको  छ ।