‘जेरी अन टप’को छायांकन नसकिँदै सरोज निर्माता न्यौपानेले अर्को फिल्मको घोषणा गरेका छन् । सोमबार उनले एक पोस्टरमार्फत् ‘फनफनी घुमेर’को निर्माण घोषणा गरेका हुन् । उनका अनुसार फिल्मलाई आगामी दशैंको फूलपातीमा रिलिज गरिनेछ । फिल्मको कलाकार र निर्देशकको नाम भने सार्वजनिक गरिएको छैन । यतिबेला फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ । आगामी फागुन अन्तिम वा चैत पहिलो साताबाट फिल्मको छायांकन सुरु हुन सक्ने निर्माता न्यौपानेले बताए । अनन्या फिल्म्सको प्रस्तुति रहने फिल्मको निर्मातामा भविष्य खडका पनि छन् । शीर्षकबाटै फिल्म कमेडी विषयवस्तुमा बन्न लागेको प्रष्ट हुन्छ ।‘फनफनी घुमेर आगामी दशैंमा रिलिज छ l