नायिका निता ढुंगाना निर्मित फिल्म `हर्स्व दिर्घ´ अब दर्शकले भारतको लोकप्रिय ओटीटी प्लेटफर्म ‘जी फाइब’ मा हेर्न पाउनेछन् । निर्मात्री नीता ढुंगाना र कलाकार हरिहर अधिकारीले जी फाइबसँग कागजी संझौता गरेका छन् । न जीभारतको लोकप्रिय ओटीटी प्लेटफर्ममा विक्री भएको यो पहिलो नेपाली फिल्म हो । नेपाली र साउथ भर्सन बाहेकको सम्पूर्ण भाषाको ओटीटी राइट्स जी फाइबले किनेको हो ।