ऋषिराज लामिछानेको निर्देशनमा तयार हुने फिल्म `माग्ने राजा´ केदार घिमिरे उर्फ `माग्ने बुढा´ शीर्ष भुमिकामा देखिने भएका छ्न् ।उनि केहि समय अगाडी नै फिल्ममा अनुबन्ध भैसकेका थिए। ‘माग्ने राजा’ शिर्षकमा यो फिल्म निर्माण हुने पक्का भएको हो । यहि नामको अगाडी श्री राखेर ‘छक्का पन्जा’ टिम चौथो सिरिजको बेला फिल्म निर्माण गर्ने तयारीमा रहेको चर्चा थियो तर त्यो सम्भव भएन र छक्का पन्जा ४ शिर्षकमा नै फिल्म बन्यो। संयोग के भन्यो भने यहि शिर्षकमा निर्माण भएको फिल्ममा केदार नै मुख्य भूमिकामा रहे।