दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ। उनी अभिनीत चलचित्र ‘पुष्पा २: द रुल’को प्रिमियर शोमा भएको भागदौडको घटनाका कारण उनलाई पक्राउ गरिएको हो। डिसेम्बर ४ मा, हैदराबादको सन्ध्या थिएटरमा प्रिमियर शो आयोजना भइरहँदा अल्लू अर्जुनको आगमनको खबरले उत्साहित प्रशंसकहरूको भीड अनियन्त्रित भएको थियो। भीडको उन्मादले थिएटरमा ठूलो भागदौड मच्चिँदा ३५ वर्षीया रेवती र उनका १३ वर्षीय छोरा श्री तेज गम्भीर घाइते भएका थिए।