टेलिचलचित्र 'मेरी बास्सै' मार्फत् नेपाली जनमानसमा राज गर्न सफल हास्यकलाकार केदार प्रसाद घिमिरे ‘माग्नेबुढा’ एउटै चलचित्रबाट ६० लाख रुपैयाँ पारिश्रमिक लिने पहिलो नेपाली कलाकार बनेका छन् । एउटै नेपाली चलचित्रमा कलाकारलाई निर्माताले तिरेको यो नै अहिलेसम्मको उच्च पारिश्रमिक हो । यसभन्दा अघि नायक अनमोल केसीले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको खबर आएको थियो।