रियालिटी शो ‘एक्टिङ स्टार’मा तीनजना निर्णायक रहने भएका छन् । अभिनेता तथा निर्देशक नीर शाह, रंगकर्मी तथा फिल्म निर्देशक अनुप बराल र अभिनेत्री ऋचा शर्मा निर्णायक (जज) रुपमा रहने भएका हुन् l निर शाह पहिलो पटक रियालिटी शोको निर्णायक बन्न लागेका हुन् । डिजिटल अडिसनमार्फत एक हजार बढीले भिडियो खिचेर पठाइसका निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार डिजिटल अडिसनमा बच्चा, युवा र वृद्धवृद्धाले समेत भाग लिएका छन् । यसमा छनोट हुनेलाई उनीहरुकै ठाउँमा पुगेर प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको निर्देशन भण्डारीले बताए । ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् । धेरैपछि नेपालमा अभिनयसम्बन्धी रियालिटी शो आउन लागेको हो ।