ससान कंडेलले निर्देशन गरेको चलचित्र `होस्टेल ३´ फागुनमा रिलिज नहुने भएको छ । फागुन १४ मा अन्य तीन चलचित्र रिलिजको लागी तयार भएको कारण आफुले रिलिज मिति बदलेको निर्देशक कंडेलले जानकारी दिए।फागुनको १४ गतेलाई प्रदर्शन मिति तय गरेर छायांकनमा गएको फिल्म ‘होस्टेल ३’ पोष्टपोन्ड भएको छ । हाल चलचित्रको एक गीतको छायांकन भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ लगायतको अभिनय रहेको छ।