अभिनेता धिरेन शाक्य फिल्म चिठ्ठा’ मा प्रमुख भूमिकामा देखिने भएका छन् l आरएल लामा मोक्तान निर्देशन गर्ने फिल्म गर्ने फिल्ममा उनको नै कथा, पटकथा तथा संवाद रहेको छ। लंका फिल्म प्रालीको व्यानरमा निर्माण हुने फिल्मका लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए । रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी रहनेछ। चलचित्र कमेडी जनरामा निर्माण हुने बताइएको छ।पौष दोश्रो साताबाट छायांकनमा जाने फिल्ममा भोलाराज सापकोटा, अर्जुन गुरुङ्ग, निमा लामा, रसिला कार्की लगायतको अभिनय रहनेछ।