फिल्म ‘वसन्त’को छायांकन सम्पान् भएको छ । बुधबार राती ठमेलमा फिल्मको इन्डकल्याप गरिएको हो । फिल्म ३८ दिनमा इन्डकल्याप भएको हो । बागलुङ, काठमाडौं, वीरगञ्ज, हेटौंडा र पथलैयामा छायांकन गरिएको फिल्मलाई गलबन्दी प्रडक्सनले निर्माण गरेको हो l फिल्ममा प्रकाश स पुत निर्माता, निर्देशक, अभिनेता र संगीतकारको भूमिकामा छन् । काश सपुत, स्वस्तिमा खड्का, प्रभात पल, किरण केसी, खड्गबहादुर पुन (खबपु) लगायतको अभिनय रहेको फिल्मले २०६२/०६३ पछिको नेपाली समाजको बहुआयामिक कथा पेश गर्छ । फिल्मलाई २२ चैतमा प्रदर्शन गर्ने निर्माणटिमको लक्ष्य छ ।