चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले विराटनगर आउने भएका छन् l अंग्रेजी नयाँ वर्ष सन् २०२५ को छेकोमा जनवरी ४ मा उनले विराट नगरमा प्रस्तुति दिने तय भएको हो । विराटनगर सेन्ट्रलले नमस्कार रिजेन्सीमा ‘सुनिल ग्रोवर न्यु इयर ब्यास’ गर्न लागेको हो ।सुनिलको यो तेस्रो नेपाल आगमन हुनेछ । गत महिना उनले काठमाडौंको एभरेस्ट होटल मैदानमा उनले प्रस्तुति दिएका थिए । यसअघि २०७४ सालमा नेपाल आउँदा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । नेपालमा पनि उनको फ्यान क्रेज लोभलाग्दो छ । ग्रोवरको विराटनगरको कार्यक्रमका लागि खल्तीले टिकट बिक्री गरिरहेको छ ।