दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ सबैभन्दा धेरै ग्रस कमाइ गर्ने हिन्दी फिल्म बनेको छ l भारतीय संचार माध्यम अनुसार फिल्मले हिन्दी संस्करण श्रद्धा कपुर स्टारर कमेडी–हरर ड्रामा ‘स्त्री २’ को कमाइलाई पनि उछिनेको हो  ।फिल्मले मंगलबार छिटो ६०० करोड भारु कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो । यसअघि शाहरुख खानको ‘जवान’लाई उछिन्दै ‘स्त्री २’ धेरै कमाउने हिन्दी फिल्म बनेको थियो । यस फिल्मको कमाइ ५९७.९९ करोड भारु छ ।प्रदर्शनको १४ दिनसम्म अल्लु अर्जुनको ‘पुष्पा २’ ले ६०७.३५ करोड भारु कमाएको छ । चौधौं दिनमा मात्र फिल्मले १६.२५ करोड भारु कमाएको छ । पहिलो साता नै यसले ७२५ करोड भारु कमाएको थियो । त्यसको ६ दिनमा फिल्मले २५७ करोड भारु अतिरिक्त कमाइ गरेको हो ।