कृषा चौलागाईको दोश्रो निर्देशकीय फिल्म ‘पिताम्बर’ ले रिलिज मिति तय गरेको छ। फिल्म नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट रिलीज हुने भएको हो l फिल्म निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो। सार्वजनिक पोस्टरमा तीन कलाकारलाई स्थान दिईएको छ। सौगात मल्ल, दयाहाङ राई र प्रदिप खड्का पोष्टरमा देखिएका छन्। विशाल चौलागाइँ निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान छायाँकार र सह- निर्माताको रुपमा रहेका छन्। सुमन गौतम फिल्मको कार्यकारी निर्माता हुन्। फिल्ममा दयाहाङ ,सौगात र प्रदीपसहित सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट लगायतको अभिनय छ ।