पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’ जापानमा समेत प्रदर्शन हुने तय भएको छ । निर्माताले फिल्मको वितरण अधिकार युना इन्टरटेनमेन्टलाई बिक्री गरेका छन् ।सुरेश न्यौपाने निर्देशित फिल्ममा नम्रतासहित सलोन बस्नेत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी लगायतको अभिनय छ ।फिल्मको मोसन पोस्टरअनुसार यसमा सलोन र नम्रताले दम्पतीको भूमिका निर्वाह गरेका छन् । यही फिल्मबाट सलोनले निर्माताको रुपमा करिअर थालेका छन् । । ‘रंगी’लाई सलोनकी पत्नी समेत रहेकी करिश्मा केसी र सक्षम सुवेदीले निर्माण गरेका हुन् । यसमा सुमन गजमेरको पटकथा, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत छ ।नेपालमा भने यो फिल्म २ फागुनमा हलमा प्रदर्शन तयारीमा छ