चलचित्र ‘आउटलः दफा २१९’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र अब फागु पुर्णिमाको अवसर पारेर फागुनको २९ गतेबाट नेपालभर रिलिज हुने पक्का भएको हो ।विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको यो चलचित्रको सार्वजनिक नयाँ पोष्टरमा नायक सुशिल श्रेष्ठको लुक्स गज्जब छ lविनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् । चलचित्रमा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन छ ।