अभिनेता दयाहाङ राई निर्देशित नाटक मङ्गलवारबाट मञ्चन हुँदैछ । अनामनगर स्थित मण्डला नाटकघरमा मञ्चन हुने ‘झ्यालिञ्चा’ अभिनेता राईको कमब्याक नाटकको रूपमा लिइएको छ । नाटकमा कलाकार विजय बराल र रञ्जना ओलीको अभिनय रहेको छ । करिब एक घण्टा लामो रहेकोन्यारेटिभ ड्रामासँगै अनुपम शर्माको लाइभ सङ्गीत पनि रहने बताइएको छ ।नाटक लेखक कुमार नगरकोटीको फकिर फिक्सनमा आधारित नाटकको परिकल्पना अभिनेता राईले आफै गरेका हुन् । मङ्सिर ३ गते सम्म मञ्चन हुने नाटक सोमबार बाहेक हरेक साँझ ५ बजे र शनिवार एक बजे अतिरिक्त सो हुनेछ ।