भारतीय गायक सोनु निगमले आज हायत होटलमा सांगीतिक प्रस्तुति दिने भएका छन् । क्रिसमस अवसरमा आज उनले एकल प्रस्तुति दिन लागेको हुन् छ इभेन्ट म्यानेजमेन्ट कम्पनी नेपाल टचले निगमलाई नेपाल ल्याउन लागेको हो । यो कम्पनीले यसअघि विराटनगरमा नेपथ्यको कन्सर्ट आयोजना गरेको थियो । अस्ट्रेलियामा भ्वाइस अफ नेपाल र नेपाल आइडलको सांगीतिक टुर पनि गरिसकेको छ ।सोनु निगमको नेपालमा यो दोस्रो सांगीतिक प्रस्तुति हुनेछ । दुई दशकअघि काठमाडौंमा आयोजित एक समारोहमा उनले प्रस्तुति दिएका थिए । यसपटक भने ब्याण्डसहित सोलो पर्फमेन्स हुन लागेको नेपाल टचले जनाएको छ ।