फिल्म ‘जुना’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।पोस्टरमा फिल्मकी प्रमुख अभिनेत्री अस्मिता ढकाल देखिएकी छिन् । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डीओपी छ । फिल्मको विभिन्न सहरमा दर्जनौं च्यारिटी शो भइसकेका छन् ।बाल विवाह र महिला हिंसाविरुद्धको कथावस्तुमा आधारित भएर बनेको फिल्ममा अस्मितासहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके, केशव अधिकारी लगायतको अभिनय छ । जीवन सेञ्चुरीको निर्देशनमा तयार भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको हो l