फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक गरिएको छ ।सुदीप भुपाल सिंहले करिब सात वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्मको टिजर गत बुधवार सार्वजनिक गरिएको हो lटिजरमा अभिनेता आशीर्वाद क्षेत्री र चरित्र अभिनेत्री लक्ष्मी गिरी बाइकमा गाउँ फर्किरहेका छन् । लक्ष्मी निराश मुद्रामा देखिएकी छन् ।‘श्री बुकुरो’मा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको फिल्मको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।

फिल्मको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ । फिल्मको प्रदर्शन मिति केही दिनभित्रमा घोषणा गर्ने तयारी भइरहेको निर्देशक सिंहले बताए ।फिल्ममा आशीर्वाद र लक्ष्मीसहित निकिता आचार्य, राजन इशान, प्रतिकराज आचार्य, रोशनी कार्की, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मा लगायतको अभिनय छ ।