फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय भएको छ। फिल्मलाई नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज गरिने भएको हो l महानायक राजेश हमालको कमब्याक रहेको फिल्मलाई दिवाकर भट्टराईको लेखन तथा निर्देशन गरेका हुन् l फिल्ममा राजेश हमालको साथमा नीति शाह, राज कटुवाल, सनिसा भट्टराई, प्रशान्त ताम्राकार, नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जनको लगानी रहेको फिल्म मार्फत ८ बर्षपछि हमाल कमब्याक गर्दैछन्।