चलचित्र 'ऊनको स्वीटर'को नयाँ गीत 'मखमली' सार्वजनिक गरिएको छ ।  सार्वजनिक 'मखमली' गीतले यस चलचित्रका अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई व्यक्त गरेको छ ।  गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर रहेको छ भने हर्क साउदको शब्द रचना र गायक चापागाईँकै सङ्गीत रहेको छ ।  यसका सङ्गीत निर्माता कोविद बज्र हुन् । दीप गुरुङले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा अभिनेता विल्सन बिक्रम राईलाई रोचक भूमिकामा राखिएको छ । नवीन चौहानले निर्देशन गरेको 'ऊनको स्वीटर' आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको पहिलो फिचर चलचित्र हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता हासिल गरेको थियो । आर्टमाण्डूले यसअघि 'घुमी घुमी,' 'देखेर तिमीलाई - तीन पाते,' 'फूलथुङ्गे रानी,' 'चन्द्रमा' जस्ता साङ्गीतिक चलचित्रहरू बनाएको थियो र चौहानले नै निर्देशन गरेका थिए । 

 

चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह-निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् ।फिचर चलचित्रको रूपमा भने चौहानको 'ऊनको स्वीटर' पहिलो हो । चलचित्रलाई चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् ।२०८२ सालको वैशाख २६ गते रिलिज हुने यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।