निर्देशक सशान कँडेल निर्देशित फिल्म ‘होस्टेल ३’ अब आगामी फागुन २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माण कम्पनी सम्मान इन्टरटेनमेन्टले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका चार मुख्य पात्रहरू आशिष घिमिरे, पारस बम ठकुरी (कुल ब्वाई), रिहान गिरि र पदम तामाङ चित्रित छन् । उनीहरु कलेजको बास्केटबल कोर्टमा रमाइलो गरिरहेका देखिन्छन् । अहिलेसम्म उक्त मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ । निर्देशक कँडेल स्वयंको कथा रहेको फिल्ममा माधव शर्माको स्क्रिप्ट लेखन छ । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको फिल्मको निर्माताहरूमा कर्ण कार्की र गोविन्द अधिकारी, सह-निर्मातामा सुरेश कँडेल तथा कार्यकारी निर्मातामा शङ्कर कोइराला रहेका छन् । फिल्ममा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, रोहन श्रेष्ठ, सन्तोष बानियाँ, आशिष पुरुषलगायतको पनि अभिनय रहेको छ ।