फिल्म ‘रंगी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मका मुख्य कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ र आयुषी ढकाल (बाल कलाकार) चित्रित छन् ।पोस्टरमा साइकल चलाइरहेका सलोनले फुडमाण्डुको ब्यागमा आयुषीलाई बोकेका छन् । सुरेश न्यौपानेले फिल्मको निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै फिल्ममा मुख्य सहायक निर्देशन भएर काम गरिसकेका छन् । फिल्ममा दीलिप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय छ ।सलोन स्वयं प्रस्तुतकर्ता रहेको ‘रंगी’को निर्माता सक्षम सुवेदी र करिश्मा केसी बस्नेत हुन् । यसमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, बन्दे प्रसादको सम्पादन तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ । ‘मिस वर्ल्ड नेपाल २०२०’की विजेता नम्रताले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् । भ्यालेनटाइन डेको अवसर पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ l

Other News Headlines