नेटफ्लिक्सको विश्वचर्चित श्रृंखला ‘स्क्विड गेम’को सिजन २ बिहीबारबाट स्ट्रिमिङ भएको छ । नेपाली समयानुसार दिउँसो साढे १२ बजेबाट यो सिरिजको नेटफ्लिक्समा प्रिमियर भएको छ । दोस्रो सिजनको नेपाली दर्शकमाझ पनि उत्साहपूर्ण पर्खाइ पनि थियो ।पहिलो सिजन जहाँनेर सकिएको थियो, यसले दोस्रो सिजन हेर्न दर्शकलाई बाध्य पार्ने निश्चित छ । जीवन र मृत्युबारेको घातक खेलमा आधारित यो दक्षिण कोरियाली सर्भाइभल श्रृंखला नेटफ्लिक्सको इतिहासमा अहिलेसम्म धेरै हेरिएको श्रृंखला समेत हो ।