दिपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘दुखी : आत्मा’ को जापान राइट्स बिक्रि भएको छ। फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए lफागुन २ गतेबाट नेपालमा रिलिज हुने फिल्मलाई जापानमा पनि सोहि मितिमा रिलिज गर्ने तयारी गरिएको छ। हिमाल कडरियाको लगानी रहेको फिल्मको कार्यकारी निर्माता सुदिप ढकाल हुन्। फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारको अभिनय छ ।