बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक गरिएको छ l टिजर शनिबार सार्वजनिक गरिएको हो । १ मिनेट ४१ सेकेण्ड लामो टिजरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ बलिउडको पहिलो सय करोड कमाउने फिल्मको कीर्तिमान बनाएको ‘गजनी’का निर्देशक ए.आर. मुर्गदासले ‘सिकन्दर’को लेखन तथा निर्देशन गरेका हुन् । यसमा सलमानको जोडी अभिनेत्री रश्मिका मन्दानासँग बाँधिएको छ ।
सलमान र रश्मिकाको केमेस्ट्रीलाई मेकरले सरप्राइज नै राख्न खोजेको देखिन्छ ।सन् २०२५ को इदमा रिलिज हुन लागेको ‘सिकन्दर’मा सलमान र रश्मिकासहित सुनील शेट्टी, काजल अग्रवाल, सत्यराज, शर्मन जोशी, प्रतीक बब्बर लगायतको पनि अभिनय रहेको छ । फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । साजिद र सलमानबीच १० वर्षपछि सहकार्य भएको हो । यसअघि सलमानलाई लिएर साजिदले सन् २०१४ मा ‘किक’बाट निर्देशनमा डेब्यु गरेका थिए ।