फिल्म `रङ्गेली ´ बाट ठुलो पर्दामा डेब्यु गरेका कलाकार हुन् सुन्दर धिताल ।ग्याङ्स्टार फिल्म `रङ्गेली ´ मा  खलनायकको भूमिकामा देखिएका सुन्दर अर्को नयाँ फिल्ममा अनुबन्धित भएका छन् । निर्माण टिमले फिल्म `सोल्टिनी´मा अनुबन्धित भएको जानकारी गराएका हुन् । निर्देशक अर्जुन सुवेदीको लेखन् तथा निर्देशन रहने फिल्ममा सुन्दर मुख्य भूमिकामा देखिन लागेका हुन् । फिल्ममा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ ।फिल्ममा प्रकाश सपुत  ,परीक्षा लिम्बु, विल्सन विक्रम राई  ,प्रकाश घिमिरे, रवीन्द्र झा,  ,सब्बु गुरुङ , सुजन खतिवडा  लगायतको पनि फिल्ममा मुख्य भूमिका रहेको छ ।