चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ ।  निर्देशक राजन भुसालको निर्देशन रहेको फिल्मको पोस्टरमा कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ । एक पोस्टरले भावनात्मक सम्बन्ध र कथा सम्बन्धित पात्रहरूलाई केन्द्रमा राखेको छ भने दोस्रो पोस्टरले चलचित्रको ‘थ्रिलिङ’ भागलाई उजागर गरेको छ ।यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनीश भुसाल रहेका छन् ।आगामी माघ १६ गते फिल्म रिलिज हुने छ l