निर्देशक दिपक रौनियारको नयाँ चलचित्र ‘पूजा, सर : राजागञ्ज’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने भएको छ l ।
रिलिज तयारी हुँदै गर्दा निर्माण टिमले नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा चलचित्रमा प्रमुख चार कलाकर फिचर रहेका छन्।दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक पोष्टरमा चित्रित छन् । दयाहाङ एसपीको पोशाकमा देखिएका छन् । चलचित्रमा ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव, धनश्याम मिश्र, निरज श्रेष्ठ लगायतको पनि अभिनय छ । भारतका प्रसिद्ध निर्देशक अनुराग कश्यप कार्यकारी निर्माताको रुपमा जोडिएको चलचित्र फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, बेलायत, आयरल्यान्ड जस्ता देशका लागि महंगो मूल्यमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । चलचित्रको निर्मातामा निर्देशक रौनियार सहित आशा मगराती, रामबाबु गुरुङ र अलन आर. मिलिगन रहेका छन् ।