कलाकार दिपकराज गिरीले नयाँ चलचित्रका लागि सम्झौता गरेका छन्। र्माता सरोज न्यौपानेसंग उनले नयाँ चलचित्रका लागि सम्झौता गरेका हुन्।चलचित्रको यतिबेला स्क्रिप्टको काम भैरहेको छ।तिहारमा रिलिज तयारीमा रहेको चलचित्रको स्क्रिप्ट दिपकले नै तयार गरिरहेका छन्। सरोजले केहि समय अगाडी चलचित्र ‘फनफनी घुमेर’ घोषणा गरेका थिए । तर यो चलचित्र निर्माण रोकेर उनले दिपकसंग नयाँ चलचित्रमा काम गर्न लागेको बुझिएको छ । दिपकराज गिरी बाहेक मुख्य भूमिकामा अन्य कलाकार र निर्देशकको जानकारी बाहिरिएको छैन।