फिल्म ‘लाज शरणम्’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा कफिन (शव राख्ने बाकस) देखिन्छ । एक पोस्टरमा कफिनबाट अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (क्रकोज), विजय बराल र सागर लम्साल (बले)देखिएका छन्न lमहाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । यसमा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, कमलमणि नेपाल, माला लिम्बू लगायतको अभिनय छ । सुदीप बरालको छायांकन रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ तथा सह-निर्मातामा राम नरेश शाह र सृजना खड्का छन् ।