सिरिज ''उडान'' को ट्रेलर सार्वजनिक गरिएको छ l युट्युब च्यानल हाइटेक मार्फत फिल्म ट्रेलर सार्वजनिक गरिएको हो l  उक्त ट्रेलरमा सपनाको पछि लाग्ने व्यक्तिका आकाङ्क्षा, संघर्ष र विजयलाई देखाइएको छ ।आनन्द पुनको निर्देशनमा बनेको सिरिजको कथा कलाकार कुलदिप अधिकारीको रहेको छ l

सन्दीप डागीको सम्पादन तथा कलरिङ्ग रहेको सिरीजमा ब्याक्ग्राउण्ड र साउन्ड स्क्रोलिङ किरण तुलाधरले गरेका छन् l सिरिजमा कलाकार कुल्दीप अधिकारी, कुशुम शर्मा ''सकम्बरी'', विपना बस्नेत जेबी डिसी, सन्दीप वस्ती, निमा पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ l