यही शुक्रवारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रोमियो’लाई सेन्सरले युनिभर्सल प्रमाण पत्र दिएको छ । मङ्गलवार सेन्सर भएको चलचित्रलाई हरेक उमेर सम्ुशकाले हेर्न पाउने प्रमाणपत्र दिएको थियो ।

एचआरके प्रोडक्सनको निर्माण र हसनराजा खानको लगानी रहेको रोमियोलाई शङ्कर कार्कीले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माता हसनराजा खान मुख्य भूमिकामा छन् भने उनको साथमा मेलिना मानन्धर, निशा अधिकारी, ओसिमा बनुको अभिनय रहेको छ।