‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलले नयाँ चलचित्रको घोषणा गरेका छन्। चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेका हुन्। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन ।२०८२ मा चलचित्रलाई रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।