समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको ‘म त यसै नक्कली’ बोलको गीत सार्वजनिक भएको छ। हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङले एरेञ्ज गरेको यो गीत चलचित्र ‘ममी’ को हो। हरर फ्यामिली ड्रामा चलचित्रको गीतको भिडियोमा मुख्य अभिनेत्रीहरु प्रियंका कार्की र दिया मास्केले नृत्य गरेका छन्।
विक्रिम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।समर निरौलाको डेव्यु निर्देशकिय चलचित्र
माघ २५ गते रिलिज हुने छ ।