चलचित्र ‘कार्साङ’ को अग्रिम बुकिङ्ग खुलेको छ। यम शेर्पाको निर्देशनमा तयार भएको चलचित्रको बुकिङ्ग मंगलबारबाट नै खुलेको हो। चलचित्रको लागि देशको ठुलो मल्टीप्लेक्स चेन क्युफेएक्स ले ५० बढी शो दिएको छ भने एफक्युबले ६ शो दिएको छ । अन्य हलमा चलचित्रको शो खुलेको छैन। बुधबार चलचित्र को अधिकांश शो खुल्ला हुनेछन्।चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।पौष २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा दयाहाङ संगै जितु नेपाल, दिया मास्के , सिर्जना सिर्जना निङलेखुले लगायतको अभिनय रहेको छ ।