निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’ को टिजर रिलिज गरिएको छ । सार्वजनिक टिजरमा दयाहाङको पात्र इरेक्टाइल डिसफंक्शन अर्थात् नपुंसकता समस्याबाट पीडित देखिन्छ । साथै आँचलले कामुक हाउभाउ प्रस्तुत गरेकी छिन् ।क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुदीप ढकाल छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ l 

निर्देशक लामा स्वयंको लेखन रहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् ।फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको पनि अभिनय छ ।