फिल्म ‘सोल्टिनी’को छायांकन सुरु गरिएको छ । मङ्गलबार इलामस्थित सानो पाथीभरा मन्दिरमा शुभसाइत गरेसँगै छायांकन थालिएको हो । पहिलो शट अभिनेताद्दय प्रकाश सपुत र सुन्दर धिताल र अभिनेत्री परिक्षा लिम्बुले दिएका थिय । निर्देशक अर्जुन सुवेदीको निर्देशन रहने फिल्मको ३१ दिनको तालिका राखिएको छ । फिल्ममा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको पनि अभिनय रहनेछ । छायांकनपूर्व दुई साता वर्कसप गरिएको थियो । फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने छ । यसअघि सुवेदीले ‘रंगेली’ निर्देशन गरेका थिए ।सुशन प्रजापतिको छायांकन रहने ‘सोल्टिनी’मा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत दिएका छन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको फिल्मका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन् । रेजिना बिस्ट र संसार चौलागाईँ रहेको फिल्मलाई २०८२ साल असोज ३ गते अर्थात् संविधान दिवसको दिन रिलिज गरिने जनाइएको छ ।