फिल्म ‘ऊनको स्वीटर’ को ओभरसिज प्रदर्शन अधिकार धमाधम बिक्रि भैरहेको छ। फिल्मको अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाको प्रदर्शन अधिकार प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स्’ले खरिद गरेको हो। फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर मुख्य भुमिकामा छन् ।

यस्तै, दक्षिण कोरियाको लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाको लागि ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र ‘आई र यू इन्टरटेनमेन्ट ’ले खरिद गरेका छन् भने युके बाहेकका युरोपियन देशहरूमा ‘मामा इभेन्टस्’ र ‘गुरुङ केएनएस इन्टरटेनमेन्ट,’ र जापानमा ‘सेवा एलएल कम्पनी’ले ‘ऊनको स्वीटर’ प्रदर्शन हुने छ । यि सबै देशहरूमा नेपालको मितिमा नै एकसाथ फिल्म रिलिज हुनेछ।