फिल्म ‘कुस्ती’ भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन जोडिएको छ ।  सन्नी सुब्बा र उर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्नेछन्। कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्न लागेको हो l फिल्ममा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथामा तयार हुनेछ । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको चलचित्र आउँदो फागुन पहिलो सातादेखि छायाङ्कनमा जाने तयारीमा छ । फिल्म आउँदो वर्ष २०८२ को भदौमा प्रदर्शन हुनेछ ।