‘होस्टेल ३’ को दोश्रो पोस्टर रिलिज गरिएको छ । पोष्टरमा चलचित्रका प्रमुख सवै कलाकारलाई स्थान दिईएको छ। पहिलो पोष्टरमा चलचित्रका प्रमुख चार पुरुष कलाकार फिचर रहेका थिए। नयाँ पोष्टरमा भने चलचित्रका तीन अभिनेत्रीलाइ पनि प्रस्तुत गरिएको छ। आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुलीलाई पोष्टरमा राखिएको छ ।चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।फागुन २३ गतेबाट चलचित्र रिलिज हुँदैछ।